२४ असार २०८३, बुधबार

सुनसरी–१ : हर्क साम्पाङले बनाए १,०८२ को मतान्तर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान । सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङल १०८२ को मतान्तरसहित अगाडि छन् ।

साम्पाङले पाँच हजार ८११ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङ सरिनले चार ८०१ मत ल्याएका छिन् ।

यसैगरी, नेकपाका मनोज भट्टराईले एक हजार १९१, कांग्रेसका सुजेन्द्र गोलेले ८१०, एमालेका टीकाराम लिम्बूले ७९३ र राप्रपाका उद्धव श्रेष्ठले ३५९ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाको वडा १ देखि ६ सम्मको मतगणना गर्दा १२ हजार ८९८ मत सदर भएको छ भने ७०५ मत बदर भएको छ ।