६ श्रावण २०८३, बुधबार

इलाम–२ एमालेका नेम्वाङ एक हजारभन्दा बढी मतले अगाडि

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । इलाम क्षेत्र नं २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले आठ हजार २८० मत प्राप्त गरी अग्र स्थानमा छन् ।

नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहेको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । नेम्वाङ र राईबीच एक हजार ८३६ मतान्तर छ ।

त्यस्तै नेपाली कांग्रेसका भेषराज आचार्यले चार हजार ३४६ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई दुई हजार २२४ मतका साथ चौथो स्थानमा रहेका छन् ।

अहिले माङसेबुङ गाउँपालिकाको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत गजुरेलले जानकारी दिए । त्यसपछि देउमाई र इलाम नगपालिकाको मतगणना गरिनेछ । मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा भइरहेको छ ।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रत्यासी छन् ।