१३ असार २०८३, शनिबार

बाजुरामा कांग्रेसका गिरीलाई पछ्याउँदै एमालेका थापा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुरामा हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सकिएको छ । दुई पालिकाको मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै छ । सुरुवातीदेखि नै अग्रस्थानमा रहेका गिरीले दुई पालिकाको मतगणना गर्दासम्म ४ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले २ हजार ७ सय ९ मत प्राप्त गरेर गिरीलाई पछ्याइरहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले अहिलेसम्म जम्मा ३ सय १३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले १ हजार ६४७ मत प्राप्त गरेर चोथौं स्थानमा छन् । अहिलेसम्म ९ हजार २ सय ५३ मत गणना भएको छ।

कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी बनेका छन् । कांग्रेसका गिरी एमालेका थापाभन्दा १ हजार ४ सय ६ मतले अघि छन् ।

यसैगरी, हलोले ८३, आँखाले ७६ गुलाफले ४३ र स्वतन्त्र चरोले ४ मत मात्रै प्राप्त गरेको छ । हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सकिएको र बुढिगंगा नगरपालिकाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।