३२ असार २०८३, बिहिबार

बझाङमा एमाले उम्मेदवार महरको अग्रता कायमै, रास्वपा चौथो स्थानमा

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा ९एमाले० का उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन् ।

हालसम्म गणना भएको मतअनुसार महरले १३ हजार ५२७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १२ हजार २९९ ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ८ हजार ३०३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्र कुमार सिंहले ७ हजार ४१६ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।

बझाङका आठ वटा पालिको मत गणनामा १ हजार २२८ मतले एमाले उम्मेदवार महरले अग्रता बनाइरहेका छन् । अघिल्लो निर्वाचनमा गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका एमाले उम्मेदवार महरले यसपटक भने सुरुवातबाटै अग्रता बनाइरहेका छन् ।