काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे प्रतिनिधिसभा चुनाव २०८२ मा पराजित भएका छन् ।
काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा महामन्त्री पौडेलले ९ हजार १५९ मत ल्याएर दोस्रो भए । उनी पोखरेलसँग २१ हजार ५७८ मतान्तरले पराजित भएका थिए ।
त्यस्तै, मोरङ– ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले अर्का कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई पराजित गरेका छन् । कांग्रेस महामन्त्री घिमिरेलाई २४ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै राजवंशी विजयी भएका हुन् । उनले ३६ हजार ८५९ मत प्राप्त गर्दा घिमिरेले १२ हजार १४७ मत ल्याएका थिए ।








प्रतिक्रिया