१३ असार २०८३, शनिबार

मोरङ ६ मा रुबिना निर्वाचित, शेखर कोइराला पराजित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोरङ ६ मा रास्वपाकी उम्मेदवार रुबिना आचार्य विजयी भएकी छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई ४२ हजार ६ सय ६३ मतले पछाडि पार्दै आचार्य निर्वाचित भएकी हुन् ।

अन्तिम मतपरिणाम अनुसार आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गरे ।

यस्तै, नेकपा (एमाले)का नेता विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे ।