१५ असार २०८३, सोमबार

कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिना गुरुङको जित सुनिश्चित भएको छ ।

यहाँ ६५ हजार ४ सय ७ मत खसेको छ । अब गणना गर्न बाँकी मतभन्दा उनले बनाएको मतान्तर बढी भएसँगै उनको जित निश्चित भएको हो ।

५६ हजार १३२ मत गणना हुँदा बिनाले ३२ हजार ११२ मत ल्याएकी छन् । ९ हजार २७५ मत गणना गर्न बाँकी छँदा बिना २४ हजार २० मतान्तरले अगाडि छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २५७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ६ हजार ७०२ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार २७४ मत ल्याएका छन् । राप्रपाका अर्जुन खनालले १ हजार १७९ मत ल्याएका छन् ।