२९ आश्विन २०८३, बिहिबार

शेखर कोइराला १७ हजार बढी मतले पछाडि

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोरङ ६ मा रास्वपाकी रुबिना आचार्यले फराकिलो मत अन्तर बनाएकी छिन् ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आचार्यले २२ हजार ४०५ मत प्राप्त गरेकी हुन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ५ हजार २७७ मतसहित दोस्रो स्थानमा छन् ।

रास्वपाकी आचार्य र कांग्रेसका कोइरालाबीच १७ हजार १२८ मतको अन्तर रहेको छ ।

त्यस्तै, एमालेका विनोद ढकालले ३ हजार ९६८ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले २ हजार ७०१ मत प्राप्त गरेका छन् ।