१६ असार २०८३, मंगलबार

तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– उमेश नेपाली

तेह्रथुम । तेह्रथुममा एमाले उम्मेदवार भानुभक्त ढकालले ६ सय ३७ मतको अन्तरले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार ढकालले ५ हजार ९ सय ६६ मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ५ हजार ३ सय २९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले ४ हजार ७ सय ६९ मत प्राप्त गरे।

त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्वुले २ हजार ६ सय १४ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले ४ सय ५ मत प्राप्त गरेका छन् ।