काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल समूह यसपटकको निर्वाचनमा निकै कमजोर देखिएको छ। ठूलो पार्टी बन्ने आशमा माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनेका नेपाल स्वयं रौतहट–१ मा पाँचौँ स्थानमा परेका छन्।
सो क्षेत्रमा राजेशकुमार चौधरी अग्रस्थानमा रहँदा कांग्रेसका अनिलकुमार झाले पछ्याइरहेका छन्। जसपाका योगेन्द्र राय यादव र एमालेका अजयकुमार गुप्तापछि मात्रै नेपाल देखिएका छन्, जसले उनको जितको सम्भावना निकै कमजोर बनाएको छ।
नेपाल समूहका अन्य उम्मेदवारहरू पनि विभिन्न क्षेत्रमा पछाडि परेका छन्। कैलाली–५ मा प्रेमबहादुर आले, धादिङ–१ मा राजेन्द्रप्रसाद पाण्डे, दैलेख–१ मा अम्मरबहादुर थापालगायतका नेता प्रतिस्पर्धामा पछि देखिएका छन्।
हालको अवस्थामा नेपाल समूहका लागि डोल्पामा धनबहादुर बुढाको नतिजा मात्रै आशाको रूपमा हेरिएको छ । जहाँ मतगणना अझै सुरु भएको छैन।








प्रतिक्रिया