१३ असार २०८३, शनिबार

टी–२० विश्वकप सेमिफाइनल : भारतले इंग्ल्याण्डलाई दियो २५४ रनको लक्ष्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्याण्डलाई २५४ रनको लक्ष्य दिएको छ ।

मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २५३ रन बनायो ।

भारतका लागि संजु सैमसनले ८९ रन बनाए भने शिवम दुबेले ४३ रन बनाए । इशान किशनले ३९ रन, हार्दिक पाण्ड्याले २७ रन र तिलक वर्माले २१ रन योगदान गरे ।

इंग्ल्याण्डका लागि विल ज्याक्स र आदिल रशिदले दुई/दुई विकेट लिए । जोफ्रा आर्चरले एक विकेट लिए ।