२९ असार २०८३, सोमबार

टोखा –६ को वडा कार्यालय मतदान केन्द्रबाट ईश्वर पोखरेलले गरे मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका पुर्व वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन मतदानमा नागरिकको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताए ।

लामो राजनीतिक अनुभव, संगठनात्मक पकड र स्पष्ट विचारधाराका कारण पोखरेललाई यस क्षेत्रका बलिया उम्मेदवारका रूपमा हेरिएको छ । इमानदार छवि, जनतासँग घुलमिल भएर काम गर्ने शैली तथा विकासप्रेमी सोचका कारण उनले जित्ने सम्भावना उच्च रहेको स्थानीयको दावि पनि रहेको छ ।

यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पोखरेलले आफ्नो कार्यकालमा पूर्वाधार विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिएका थिए ।