१८ असार २०८३, बिहिबार

रास्वपा उम्मेदवार झाले जनकपुरधाममा गरे मतदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–प्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झाले आज बिहानै मतदान गरेका छन् ।

झाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे स्टेसन मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

धनुषा–३ मा यसपटक रास्वपा र अन्य दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

आज बिहान ७ बजेदेखि नै जनकपुरधामका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।