काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा तोकेको समयमै सबै क्षेत्रमा मतदान सुरु भएको विवरण प्राप्त भएको छ ।
सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका केही मतदान स्थलमा इन्टरनेट र फोन सेवा उपलब्ध नरहेको अवस्थामा सुरक्षा निकायको सञ्चार सेटबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदम् विष्टले पनि हालसम्म कुनै पनि क्षेत्रमा अवरोध भएको विवरण प्राप्त नभएको बताए । सुदूरपश्चिमका धेरै स्थानमा प्रहरी सञ्चारको पहुँच रहे पनि केही स्थनमा भने सञ्चार सेटको समेत उपलब्धता नरहेको उनले बताए ।
बाजुराका दुई स्थानमा भने टेलिफोन सेवा समेत उपलब्ध नभएकाले भी सेटको व्यवस्था गरिएको एसएसपी विष्टले बताए । उनका अनुसार सुदूरपश्चिमका ९ जिल्लामा १५ वटा निर्वाचन क्षेत्र रहेका छन् । कैलालीमा–५, कञ्चनपुरमा–३, अछाममा २ निर्वाचन क्षेत्र रहेका छन् । त्यसबाहेक डडेल्धुरा, बैतड, दार्चुला, डोटी, बाजुरा र बझाङमा १/१ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
सुदूरपश्चिममा कुल मतदाताको संख्या १७ लाख, १६ हजार ६ सय ६० रहेको छ ।








प्रतिक्रिया