३० असार २०८३, मंगलबार

ललितपुर–२ मा जगदीश खरेलले गरे मतदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । रास्वपाबाट ललितपुर क्षेत्र नं. २ का उम्मेदवार जगदीश खरेलले मतदान गरेका छन् ।

उनले महालक्ष्मी नगरपालिका–स्थित बोझेपोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट बिहान ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । यो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे ।

उनले भने, ‘मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला ।’ उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न अपिल गरेका छन् ।