काठमाडौं । जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्याण्डबीच खेल हुँदैछ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा यी दुई टोलीबीच यो लगातार तेस्रो भेट हुनेछ । यसअघि २०२२ र २०२४ मा एकअर्कासँग आमनेसामने भएका थिए जसमा दुवै टोलीले एक–एक खेल जितेका थिए ।
भारत र इंग्ल्याण्डबीच अहिलेसम्म २९ खेल खेलिएका छन् । जसमध्ये भारतले १७ खेल जितेको छ भने इंग्ल्याण्डले १२ खेल जितेको छ ।
भारत र इंग्ल्याण्डले टी–२० विश्वकपमा अहिलेसम्म कुल पाँच खेल खेलेका छन् । यी खेलहरूमध्ये भारतले तीन जितेको छ भने इंग्ल्याण्डले दुई खेल जितेको छ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा पुगिसकेको छ ।
फाइनल खेल ८ मार्चमा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।








प्रतिक्रिया