२८ असार २०८३, आइतबार

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

बुधबार दिउँसो काठमाडौंबाट मरिणतर्फ आउँदै गरेको बा४ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज१०प ९२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार बसको ठक्कर पछि गम्भीर घाइते भएका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ वितिजोरका स्कुटर चालक ३५ वर्षीय चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीले बस चालक हरिहरपुरगढी गाउँपालिका–५ का राजकुमार माझीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।