काठमाडौं । आज भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।
कोलकाताको इडेन गार्डेन स्टेडियममा न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए ।
दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो । न्युजिल्याण्डले १७० रनको लक्ष्य १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डका फिन एलेनले ३३ बलमा अविजित १०० रन बनाए, यो टी–२० विश्वकप इतिहासको सबैभन्दा छिटो शतक हो । एलेनले वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको रेकर्ड तोडेका हुन् । गेलले २०१६ मा इङ्गल्याण्डविरुद्ध ४७ बलमा शतक बनाएका थिए ।








प्रतिक्रिया