२ श्रावण २०८३, शनिबार

पैसा बाँड्ने तयारी गरेका रूपन्देही–२ का रास्वपा उम्मेदवार खरेललाई घेरे स्थानीयले

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–२ का उम्मेदवार सुलभ खरेलसहितका नेताहरु आचारसंहिताविपरीत मतदाताहरुलाई पैसा बाँड्ने तयारी गरेको अवस्थामा भेटिएपछि स्थानीयले घेराउ गरेका छन् ।

बुटवल–११ बाट उनीहरुको टोलीलाई पछ्याउँदै स्थानीयले बुटवलको नमोबुद्ध होटलमा उम्मेदवार खरेलसहित नेता चित्रबहादुर कार्की र सुनिल शाहीलाई भेटाएर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अनुसन्धान भइरहेको बताएको छ । पैसा बाँड्ने तयारी गरेको बेला भेटिएपछि स्थानीयसँग विवाद भएको थियो ।

विवावका क्रममा झडप हुँदा चित्रबहादुर कार्की र सुनिल शाही सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले स्थानीयबीच केहीबेर विवाद भएको तर उम्मेदारमाथि आक्रमण नभएको बताए ।

डिएसपी चन्दले अहिले अवस्था सामान्य भएको र घटनाको अनुसन्धान भइरहेको बताए ।

रास्वपाले भने अज्ञात समूहबाट आफूहरुमाथि आक्रमण भएको दाबी गरेको छ ।