१९ असार २०८३, शुक्रबार

इरानमाथिको आक्रमणको विरुद्धमा छौँ : स्पेनी प्रधानमन्त्री सान्चेज

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धकाबीच स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले इरानमाथिको आक्रमणको आलोचना गर्दै स्पेन युद्धको विरुद्धमा रहेको र यस्ता कार्यहरूले स्थितिलाई अझ खराब बनाउन सक्ने बताएका छन् ।

सन् २००३ को इराक युद्धको उदाहरण दिँदै उनले त्यो युद्धपछि संसार अझ असुरक्षित भएको उल्लेख गरे । यस कारणले स्पेनले इरानविरुद्ध कुनै पनि नयाँ युद्धको विरोध गर्ने पनि उनले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो चेतावनी दिएका थिए कि यदि स्पेनले अमेरिकालाई आफ्नो सैन्य अड्डा प्रयोग गर्न अनुमति नदिएमा स्पेनसँगको व्यापार सम्बन्ध निलम्बन गरिनेछ ।