२९ आश्विन २०८३, बिहिबार

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज, दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच हुँदैछ ।

यो खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ भने टस साँझ ६ः३० बजे हुनेछ ।

विश्वकप इतिहासमा यी दुई टोलीबीच यो छैटौंपटक भेट हुन लागेको हो । दक्षिण अफ्रिकाले यसअघिका पाँचै खेल जितेको छ । यद्यपि, सेमिफाइनलमा यी दुई टोली आमनेसामने भएको यो पहिलोपटक हो ।

दुवै टोलीको सम्भावित प्लेइङ ११

दक्षिण अफ्रिका

एडेन मार्कराम (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), रायन रिकेल्टन, डेवाल्ड ब्रुइस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, जर्ज लिन्डे, कोर्बिन बोश, एनरिक नोर्टजा, क्वेना मफाका र लुंगी एनगिडी

न्युजिल्याण्ड

मिचेल स्यान्टनर (कप्तान), टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, कोल म्याकोन्ची, म्याट हेनरी, इश सोधी र लोकी फर्गुसन ।