काठमाडौं । इरानसँग जारी युद्धको बीच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ क्षेत्रहरू तुरुन्तै खाली गर्न पनि आदेश दिएको छ ।
युएनको युएनएचसीआरका अनुसार अवस्था बिग्रिएपछि ३० हजारभन्दा बढी मानिसहरूले आफ्नो घर छोडेका छन् । यससँगै इजरायलले लेबनानको लडाकू संगठन हिजबुल्लाहलाई लक्षित गर्दै लगातार दोस्रो दिन धेरै ठाउँमा बमबारी गरेको छ ।
सोमबार भएका आक्रमणहरूमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।
इरान समर्थक मानिने हिजबुल्लाहले इरानी सर्वोच्च नेता खामेनीको मृत्युपछि इजरायली शहर हाइफा नजिकैको सैन्य अड्डामा ड्रोन र मिसाइल प्रहार गरेको छ ।








प्रतिक्रिया