३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेको फेसबुक पेज किन बन्द भयो ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भेरिफाइड फेसबुक पेज अस्थायी रूपमा बन्द गरिएको छ। उनको सचिवालयका अनुसार पेजमा अनधिकृत पहुँच प्रयास देखिएपछि सुरक्षाका कारण प्लेटफर्मले पेज ‘लक’ गरेको हो।

सचिवालयले सार्वजनिक सूचनामार्फत हाल पेजबाट कुनै नयाँ सामग्री पोस्ट नहुने स्पष्ट पारेको छ। यदि पेजको नामबाट कुनै शंकास्पद पोस्ट, सन्देश वा लिंक देखिएमा त्यसलाई आधिकारिक नमान्न समर्थक र सर्वसाधारणलाई आग्रह गरिएको छ।

सचिवालयको सूचनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेज्यूको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास गरेको जानकारी गराउँदछौँ ।’

फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः नियन्त्रणमा ल्याउन आवश्यक समन्वय भइरहेको र पूर्ण रूपमा सुरक्षित भएपछि मात्र पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।