तनहुँ । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मतभेद देखिएको चर्चा सुरु भएको छ ।
पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाह र तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेबीच सम्बन्ध चिसिएको हो । रास्वपा निकट स्रोतका अनुसार, चुनावी सभालाई सम्बोधन गर्न बालेन शाह तनहुँ आउने भनेर दुई पटकसम्म प्रचार गरिएको थियो ।
सोही प्रचारका आधारमा मतदाता भेला गरिए पनि अन्तिम समयमा बालेन उपस्थित नभएपछि कार्यकर्तामाझ असन्तुष्टि बढेको बताइएको छ ।
तनहुँका रास्वपा कार्यकर्ताहरूले बालेन समर्थकहरू स्वर्णिम वाग्लेलाई कमजोर बनाउने रणनीतिमा लागेको आरोप लगाएका छन् । पार्टीभित्र ‘बालेन समूह’ र ‘रवि समूह’ भन्दै कार्यकर्ता विभाजित हुन थालेको चर्चा पनि बाहिरिएको छ। यसले गर्दा वाग्लेको जित चुनौतीपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ ।
यद्यपि, यी आरोपबारे रास्वपाका शीर्ष नेताहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
तनहुँ क्षेत्र नं. १ मा प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला रास्वपाभित्र देखिएको आन्तरिक असमझदारीले चुनावी समीकरणमा कस्तो प्रभाव पार्ने हो भन्ने चासो बढेको छ ।















प्रतिक्रिया