१५ असार २०८३, सोमबार

सिरहामा बसमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक बस र मोटरसाइकल आपसमा ठोक्किँदा २ युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आइतबार राति गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका १७ वर्षीय धिरज मण्डलको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।

घटनाबारे थाप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।