७ श्रावण २०८३, बिहिबार

आज मध्यरातिदेखि नेपाल–भारत सीमानाका बन्द हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल–भारत सीमानाका आज मध्यरातिदेखि बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार आज (फागुन १८ गते) राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिनका लागि सीमानाका पूर्ण रूपमा बन्द रहनेछ । यस अवधिमा अत्यावश्यक सेवा र सुरक्षा निकायको समन्वयबाहेक अन्य आवतजावत तथा गतिविधिमा पूर्ण निषेध गरिएको छ ।

गत बुधबार बसेको जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति–सुरक्षा सुदृढ बनाउन सीमा क्षेत्रमा विशेष निगरानी र चेकजाँच बढाइनेछ ।