२९ जेष्ठ २०८३, शुक्रबार

युद्धको तेस्रो दिन : इजरायलले ३० घण्टामा इरानमाथि २ हजारभन्दा बढी बम खसाल्यो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायल–अमेरिका र इरानबीचको युद्धको आज तेस्रो दिन हो ।

शनिबारबाट सुरु भएको युद्धको पहिलो दिनमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका थिए । खामेनीको हत्यापछि इरानले ४० दिनको राष्ट्रिय शोक र सात दिनको बिदा घोषणा गरेको छ ।

इरानमा तत्कालका लागि सत्ता सम्हाल्न तीन सदस्यीय अस्थायी समिति गठन गरिएको छ । जसमा राष्ट्रपति मसूद पाजेश्कियान, न्यायपालिका प्रमुख मोहसेनी एजेही र धर्मगुरु अलिरेजा अराफी छन् ।

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा ४८ इरानी नेताहरू मारिएको बताएका थिए ।

इजरायली सेनाका अनुसार युद्धको पछिल्लो ३० घण्टामा इरानमाथि २,००० भन्दा बढी बम खसालिएको थियो र लडाकु विमानहरूले ७०० भन्दा बढी उडानहरू गरेका थिए ।

यता, इरानले पनि इजरायलसहित नौ देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेर बदला लिएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको राजधानी तेहरानमाथि आक्रमण तीव्र हुने बताएका छन् ।

इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित १० प्रमुख शहरहरूलाई निशाना बनाएको छ । इरानमा अहिलेसम्म २०० भन्दा बढीको मृत्यु भइसकेको छ भने ७४० भन्दा बढी घाइते भएका छन् । साथै, इरानको एक विद्यालयमा क्षेप्यास्त्र खस्दा १८० जना विद्यार्थीको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए ।