काठमाडौं । इजरायली वायुसेनाले इरानी सशस्त्र बलको मुख्यालयमा गरिएको आक्रमणको भिडियो सार्वजनिक गरेको छ । भिडियोसँगै वायुसेनाले क्याप्सनमा “तेहरानको मुटुमा रहेको इरानी आतंकवादी शासनको मुख्यालयको विनाश” भन्ने उल्लेख गरेको छ ।
तेहरानबाट आएका रिपोर्टहरूका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को एउटा आधार शिविरमा पनि आक्रमण भएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले पहिलोपटक इजरायली विमानहरू तेहरानको आकाशमा निरन्तर उपस्थित रहेको बताएका छन् । यसको अर्थ, इरानी हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारिएपछि त्यहाँ इजरायली विमानहरूको उपस्थिति लगभग स्थायी बनेको संकेत गरिएको छ ।
काट्जले एक्समा लेखेका छन्, “अबदेखि तेहरानका लक्ष्यहरूमा शक्तिशाली आक्रमणका लागि निरन्तर एयर ट्रेन सञ्चालन हुनेछ ।”








प्रतिक्रिया