९ कार्तिक २०८३, सोमबार

भोजपुरमा नेकपा र कांग्रेसका ६८ नेता कार्यकर्ता एमालेमा प्रवेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर । भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसमा आबद्ध रहेका दुई वटा गाउँबाट ६८ जना नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

भोजपुरको आमचोक गाउँपालिका–७ सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

नेकपाबाट २५ जना र कांग्रेसबाट १६ जना एमाले प्रवेश गरेको एमाले आमचोक गाउँकमिटी सचिव मिलन राईले जानकारी दिए ।

त्यस्तै, सोही वडाको दुम्रेमा नेकपाबाट २७ जना नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले उम्मेदवार समेत रहेका केन्द्रीय पार्टी सचिव शेरधन राईले पार्टी प्रवेश गराएका हुन् ।

आमचोक गाउँपालिका सचिव राईको आफ्नै पालिका हो । यो ठाउँमा नेकपाका नेता कार्यकर्ता धमाधम एमाले प्रवेश गरिरहेका छन् ।