काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको समाचार सार्वजनिक भएसँगै राजधानी तेहरानमा हजारौँ मानिस सडकमा उत्रिएका छन् । घटनापछि देशभर शोकको माहौल छाएको छ ।
सरकारले ४० दिने राष्ट्रिय शोक घोषणा गरेको छ । यस अवधिमा विभिन्न धार्मिक तथा राजकीय श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
यद्यपि, देशभर जारी बमबारीका बीच यी कार्यक्रम सञ्चालन हुने सम्भावना छ । केही घण्टाअघि मात्र राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको जानकारी प्राप्त भएको अल जजिराले जनाएको छ ।















प्रतिक्रिया