३० जेष्ठ २०८३, शनिबार

इरानी सर्वोच्च नेता खामेनी आक्रमणमा मारिए : ट्रम्प

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी–इजरेली हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट लेख्दै ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका हुन् ।

ट्रम्पले खामेनीको मृत्यु इरानी जनता र विश्वका लागि न्याय भएको टिप्पणी गरे । ट्रम्पले भनेका छन्, ‘खामेनी हाम्रो गुप्तचर र परिष्कृत ट्र्याकिङ प्रणालीबाट उम्कन सकेनन् ।’

ट्रम्पका अनुसार अमेरिकाले इरानविरुद्धको अपरेशनमा इजरायलसँग मिलेर कारबाही गरिरहेको छ ।