२९ जेष्ठ २०८३, शुक्रबार

इजरायली आक्रमणमा मृत्यु हुने विद्यार्थीको संख्या ४० पुग्यो, ४५ जना घाइते

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानमा इजरायली आक्रमणमा परी मृत्यु हुने विद्यार्थीको संख्या ४० पुगेको छ ।

इरानी समाचार एजेन्सी फार्सका अनुसार मिनाब सहरमा रहेको एक विद्यालयमा भएको इजरायली आक्रमण परी मृत्यु हुने विद्यार्थीको संख्या ४० पुगेको हो । आक्रमणमा ४५ जना घाइते भएका छन् ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले अमेरिका, इजरायल र इरानबीच बढ्दो युद्ध विश्व शान्ति र सुरक्षाको लागि ठूलो खतरा भएको बताएका छन् । उनले यो अवस्था धेरै खतरनाक हुँदै गइरहेको र यो तनाव तुरुन्तै रोक्न आवश्यक रहेको बताए ।

म्याक्रोंले फ्रान्सले आफ्नो देश, आफ्ना नागरिक र मध्यपूर्वमा आफ्नो हितको रक्षा गर्न पूर्ण तयारी गरिरहेको पनि उल्लेख गरेका छन् ।