२८ असार २०८३, आइतबार

इरानमा इजरायली आक्रमण : ५ जना विद्यार्थीको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायल र अमेरिकाले शनिबार संयुक्त रूपमा इरानमा गरेको सैन्य आक्रमणमा पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।

इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले इरानी शहर मिनाबको एक विद्यालयलाई लक्षित गरी इजरायली आक्रमण भएको र पाँच जना छात्राको मृत्यु भएको जनाएको छ ।

शनिबार इजरायलले अमेरिकासँग मिलेर इरानमाथि आक्रमण गरेको हो । इजरायलले आगामी केही दिनसम्म इरानमाथि आक्रमण जारी राख्ने जनाइएको छ ।

आक्रमणको बीचमा इजरायलले आफ्नो देशमा आपतकाल घोषणा गरेको छ ।

यसैबीच, इरानका सर्वोच्च नेता खामेनीलाई सुरक्षित स्थानमा लगिएको छ ।

इजरायलले इरानी सरकारी स्थल र सैन्य अड्डाहरूलाई निशाना बनाएको छ ।