काठमाडौं । इरान–अमेरिकाबीच तनाव बढेसँगै इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले राजधानी तेहरान छोडेका छन् । द गार्जियनका अनुसार खामेनीलाई सुरक्षित स्थानमा लगिएको छ ।
इजरायलले आज इरानमाथि आक्रमण गरेको हो । इजरायलले इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको हो । धेरै शहरहरू ध्वस्त भएको छ ।
इजरायलले अमेरिकासँग मिलेर इरानमाथि आक्रमण सुरु गरेको हो । इजरायलले धेरै सैन्य र गुप्तचर आधारहरूका साथै इरानी आणविक ऊर्जा संगठनका साइटहरूलाई समेत निशाना बनाएको छ ।
इरानी सर्वोच्च नेता अली खामेनीको निजी निवासमा पनि मिसाइल प्रहार गरिएको थियो र उनको कार्यालय नजिकै पनि मिसाइल खसेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।








प्रतिक्रिया