३२ असार २०८३, बिहिबार

देश जलाउनेहरू कुनै हालतमा राष्ट्रवादी हुन सक्दैनन् : पद्मा अर्याल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले आन्दोलनका नाममा देश जलाउनेहरू कुनै हालतमा राष्ट्रवादी हुन नसक्ने बताएकी छन् । एमाले रामपुर नगर कमिटीले शुक्रबार रामपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले घरमा आगो लगाएर देश सुरक्षित नहुने बताइन् ।

सचिव अर्यालले देशको अस्तित्व बचाउन २१ फागुनमा हुने निर्वाचनमा देशभर एमालेले जित्नुपर्ने बताइन् ।

नेपाली जनताको संघर्ष, त्याग र समर्पणले प्राप्त भएको उपलब्धि अहिले संकटमा परेको भन्दै उनले यस्तो अवस्थामा निर्वाचन हुन गइरहेको उल्लेख गरिन् । उनले देश बचाउने शक्ति एमाले भएको भन्दै जिताउन अपिल गरिन् ।

उनले अहिलेको चुनाव नेपाली जनताले चाहेर नभएको भन्दै सचेत भएर देश जलाउनेभन्दा देश बनाउने पार्टी एमालेले जित्नुपर्ने बताइन् ।