१२ असार २०८३, शुक्रबार

इंग्ल्याण्डसँग न्युजिल्याण्ड ४ विकेटले पराजित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकपको (सुपर ८) खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको छ । श्रीलंकाको कोलम्बोमा हिजो भएको खेलमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।

श्रीलंकाको कोलम्बोमा १६० रनको लक्ष्य इंग्ल्याण्डले ३ बलअघि ६ विकेट गुमाएर भेट्टायो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले ७ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

इंग्ल्याण्डले ‘सुपर एट’को लगातार तेस्रो खेल जितेको हो । यसअघि नै दुई खेल जितेर शीर्ष चारमा परिसकेको इंग्ल्याण्डले मुम्बईमा सेमिफाइनल खेल्नेछ, जहाँ टोलीको सम्भावित प्रतिद्वन्द्वी भारत र वेस्ट इन्डिजमध्ये एक हुनेछ ।

प्लेयर अफ द म्याच ज्याक्सले १८ बल खेल्दै ४ चौका र १ छक्कासहित ३२ र रेहनले ७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाई अविजित रहे ।

इंग्ल्याण्डको पहिलो दुई ओभरमै फिल साल्ट २ र जस बटलर शून्य रन बनाएर आउट भए । कप्तान ह्यारी ब्रुकले २४ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाए । ज्याकोब बेथल १६ बलमा २१, टम बान्न्टन २४ बलमा ३३ र साम करन २२ बलमा २४ रन बनाई आउट भए । न्युजिल्याण्डका देब्रेहाते स्पिनर रचिन रवीन्द्रले ४ ओभरमा १९ रनमात्र खर्चेर ३ विकेट लिए ।

न्युजिल्याण्डको ३ र पाकिस्तानको १ अंक छ भने श्रीलंका पहिलो दुवै खेलमा पराजित भइसकेको छ । पाकिस्तानले श्रीलंकालाई ६४ रनले पराजित गरे वा श्रीलंकाले दिएको लक्ष्य १३,१ ओभरभित्र पूरा गरेमा न्युजिल्याण्डलाई नेट रनरेटमा उछिन्न सक्छ ।