३० जेष्ठ २०८३, शनिबार

रुकुम पश्चिममा जनार्दनलाई उनेपा उम्मेदवारको समर्थन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पश्चिम । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई उज्यालो नेपाल पार्टी (उनेपा)ले समर्थन गरेको छ ।

आज पत्रकार सम्मेलन गरी उनेपाका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताएका छन् । केसीले प्रलोपा उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

उनले रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउन लागेको बताए ।
यसअघि नेकपा (एमाले) ले पनि शर्मालाई समर्थन गरिसकेको छ । अब प्रलोपाका शर्मा, कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाहीबीच प्रसतस्पर्धा हुने भएको छ ।

शर्मा यसअघि यो क्षेत्रबाट चार पटक निर्वाचित भएका थिए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि शर्मा अलग्गिएका थिए । उनले प्रलोपा गठन गरेका थिए ।