१ श्रावण २०८३, शुक्रबार

रास्वपामा टिकट बाँडफाँडमा आर्थिक चलखेल, बाहिरियो अडिओ (अडिओसहित)

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुशासन र भ्रष्टाचार विरोधी नारालाई मूल मन्त्र बनाएर ०७९ असारमा खुलेको ‘जान्नेलाई छान्ने’ रास्वपा टिकट बाँडफाँडको आर्थिक चलखेल काण्डमा मुछिएको छ ।

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा खेपिरहेका रवि लामिछानेको पार्टीका नेताहरुबीच टिकट खरिदबिक्रीलाई लिएर भएको अडियोले अहिले आएर पोल खोलेको हो ।

जनआस्था साप्ताहिकका अनुसार रास्वपा सिन्धुपाल्चोकका नेता प्रमोद न्यौपाने र मधेश प्रदेशका नेता दिनेश साहुबीच फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा टिकट खरिदबिक्रीको विषयमा भएको संवाद बाहिरिएको छ ।

नेकपा (एमाले) का पूर्व नेता न्यौपाने रास्वपाका वरिष्ठ नेता रवि लामिछाने गृहमन्त्री हुँदा उनको प्रेस संयोजक थिए । रास्वपाको सम्पूर्ण प्रचार मामिला उनैले हेर्छन् भने देशव्यापी चुनावी क्याम्पेनमा पनि रविसङ्गै हिंडिरहेका छन् ।

अडिओ-