२५ जेष्ठ २०८३, सोमबार

चुनावको दिन हवाई उडान रोकिन्छ ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको दिन पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान नियमित रूपमा सञ्चालन हुने भएको छ।

निर्वाचन आयोगले मतदानको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नरोकिने निर्णय गर्दै आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

टिकट भएका यात्रुहरूले विमानस्थल आवतजावत गर्दा टिकट देखाएर यात्रा गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ। यस निर्णयले यात्रु र पर्यटन क्षेत्रलाई सहज हुने अपेक्षा गरिएको छ।

यसअघि निर्वाचनका बेला उडान प्रभावित हुने अभ्यास रहे पनि यसपटक सेवा यथावत राख्ने नीति अपनाइएको आयोगले स्पष्ट पारेको छ। यात्रुहरूले तोकिएको समयअनुसार निर्धक्क यात्रा गर्न सक्ने जनाइएको छ।