काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । जसका कारण उनी निर्वाचनमा मतदानका लागि समयमै नेपाल फर्किन्छन् कि फर्किँदैनन् भन्ने चासो बढेको छ।
देउवा मंगलबार राति सिंगापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। यसपटक देउवा निर्वाचनका लागि उम्मेदवार छैनन् । जसले गर्दा उनी नफर्किन पनि सक्ने धेरैले आँकलन गरिरहेका छन् ।
तर, उपचारपछि उनी फागुन १९ गते नेपाल फर्किने प्रारम्भिक तालिका रहेको बताइएको छ। यसपटक उनीसँग स्वकीय सचिव मात्र गएका छन् भने उनकी पत्नी आरजु राणा नेपालमै रहेकी छन्।
नेपाल फर्किएपछि देउवा आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा जाने बताइएको छ।









प्रतिक्रिया