९ कार्तिक २०८३, सोमबार

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता प्रदान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।

पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका सन्तान १९ वर्षीय डेबिट पोख्रेल र १७ वर्षीया प्रियंका पोख्रेलले नागरिकता प्राप्त गरेका हुन् । नेपाली आमा र भारतीय बाबुबाट जन्मिएका उनीहरूलाई कानुनी व्यवस्था नहुँदा लामो समय नागरिकता लिन कठिनाइ थियो ।

नेपाल नागरिकता चौथो संशोधन ऐन तथा नियमावली २०८२ अनुसार नेपाली आमा र विदेशी बाबुबाट नेपालमै जन्मी बसेकालाई जिल्लाबाटै अंगीकृत नागरिकता दिने व्यवस्था भएपछि नागरिकता वितरण सम्भव भएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अब आवश्यक कागजात पूरा गर्ने अन्य पात्र व्यक्तिले पनि नागरिकता पाउने बताएका छन् ।

प्रशासनले प्रक्रिया थप सहज र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।