१८ असार २०८३, बिहिबार

कर्णालीका ३५९ मतदानस्थल अतिसंवेदनशील

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका ३५९ मतदानस्थल अतिसंवेदनशील रहेको जनाएको छ ।

प्रहरीका अनुसार ४२२ स्थल संवेदनशील र १६० सामान्य श्रेणीमा परेका छन् । कर्णाली प्रदेशमा ९५९ मतदानस्थल र १ हजार ४५५ मतदानकेन्द्र रहेका छन्, जसमध्ये ४४६ केन्द्र अतिसंवेदनशील, ६९७ संवेदनशील र २८४ सामान्य छन् ।

प्रदेशमा १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने कुल मतदाता सङ्ख्या १० लाखभन्दा बढी रहेको जनाइएको छ ।