२२ असार २०८३, सोमबार

चुनावको मुखमा देउवा किन उडे सिंगापुर ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका पूर्वसभापति समेत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।

विमानस्थल सुरक्षा स्रोतका अनुसार देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर प्रस्थान गरेका हुन् ।

स्रोतका अनुसार उनी राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको विमान प्रतीक्षा कक्षमा देखिएका थिए ।

देउवासँग उनका केही सहयोगी समेत साथमा रहेको बताइएको छ ।