काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेर प्रदेश सभालाई जानकारी दिएको थियो ।
नेकपा संसदीय दलले गरेको निर्णयका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै शर्मा सांसद पदबाट पदमुक्त भएको जानकारी दिएको हो । शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टीमा आवद्व भएपछि नेकपाले उनलाई कारबाही गरेको हो ।
शर्मा २०७९ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द)बाट रुकुम (पश्चिम) १ ‘ख’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
















प्रतिक्रिया