–अन्जनी कुमार अधिकारी
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदातालाई आफू आबद्ध रहेको पार्टी नछोडी यसपटकको निर्वाचनमा मत परिवर्तन गर्न आग्रह गरेका छन् ।
मंगलबार सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गरेर उदयपुर आइपुगेका लामिछानेले चौदण्डीगढी नगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा नेता, कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।
“पार्टी नछोड्नुस्, तर भोट परिवर्तन गर्नुस्” भन्दै उनले यसपटकको निर्वाचनमा नयाँ विकल्प रोज्न आग्रह गरे ।
सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)ले विगतमा देशमा ठूला राजनीतिक परिवर्तन ल्याएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान व्यक्त गरे । साथै, अबको परिवर्तनको नेतृत्व आफूहरूले गर्ने दाबी गरे । उनले देश परिवर्तनको अभियानमा आफूहरू अघि बढेको उल्लेख गर्दै परिवर्तनका लागि रास्वपालाई मतदान गर्न आग्रह गरे ।
लामिछानेले “यदि हामीले देश परिवर्तन गर्न सकेनौँ भने हाम्रो चुनाव चिन्ह ‘घण्टी’ले हामीलाई नै हिर्काउनुहोस्” भनेका थिए ।










प्रतिक्रिया