२८ जेष्ठ २०८३, बिहिबार

साम्बालाई सहयोगको ओइरो, एकैदिन ७० लाख उठ्यो

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रियाका लागि एकै दिनमा करिब ७० लाख रुपैयाँ सहयोग संकलन भएको छ।

उनले उपचारका लागि आर्थिक अभाव भएपछि सामाजिक सञ्जालमार्फत सहयोग अपिल गरेकी थिइन्।

साम्बाको शल्यक्रिया कतारस्थित अस्पेटार अस्पतालमा गर्ने तयारी छ। यसअघि पनि सोही अस्पतालमा उनको उपचार भएको थियो।

यसपटक भने अखिल नेपाल फुटबल संघबाट अपेक्षित सहयोग नपाएपछि उनले समर्थक र शुभेच्छुकसँग सहयोग माग्नुपरेको बताइएको छ। एन्फा नेतृत्वले सहयोग गर्न नसक्ने जानकारी दिएपछि व्यक्तिगत तथा संस्थागत सहयोग जुट्ने क्रम जारी रहेको छ।