काठमाडौं । अमेरिकाको फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यको हत्या गर्ने नेपाली व्यक्ति प्रहरीको गोलीबाट मारिएका छन् ।
नेपाली छत्रबहादुर थापाले ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा, थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापामाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा थापाले आफ्ना ज्वाइँलाई खुँडा प्रहार गर्दै थिए।
हतियार भुइँमा फाल्न पटक–पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका हुन्।








प्रतिक्रिया