काठमाडौं । दिल्लीमा भएको एआई इम्प्याक्ट समिटमा प्रदर्शन गरेको आरोपमा भारतीय यूथ कांग्रेस (आईवाईसी)का अध्यक्ष उदय भानु चिबलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।
दिल्ली प्रहरीका अनुसार एआई समिटमा विरोध प्रदर्शनको योजना बनाउन भानुको भूमिका छ । करिब १५ घण्टाको सोधपुछपछि भानुलाई पक्राउ गरिएको थियो ।
शुक्रबार, भारत मण्डपममा एआई इम्प्याक्ट समिटको क्रममा कांग्रेसका युवा कार्यकर्ताहरूको समूहले प्रदर्शनी हलमा शर्टलेस विरोध प्रदर्शन गरेका थिए । उनीहरुले सरकार र भारत–अमेरिका व्यापार सम्झौताविरुद्ध नारा लेखिएको टि–शर्ट लिएर घुमिरहेका थिए, त्यसपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनीहरुलाई त्यहाँबाट हटाएका थिए ।
यस घटनामा भानुसहित ८ जना कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ परेका भानु जम्मूको पलौराका बासिन्दा हुन् । उनी कांग्रेस नेता हरि सिंह चिबका छोरा हुन् । उनले आफ्नो राजनीतिक करियर कांग्रेसको विद्यार्थी संगठन एनएसयूआईबाट सुरु गरेका थिए ।








प्रतिक्रिया