३ श्रावण २०८३, आइतबार

टी–२० विश्वकपको सुपर ८ मा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकपको (सुपर ८)को पाँचौं खेलमा आज इंग्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेलेमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई हराउँदै इंग्ल्याण्डले सेमिफाइनल समीकरण बलियो बनाउँदा १ अंक जोडेको पाकिस्तानलाई यो जितले अर्को चरण पुग्न सहज बनाउनेछ ।

इंग्ल्याण्ड र पाकिस्तानका लागि समूह २ को आफ्नो दोस्रो खेल सेमिफाइनलको बाटो तय गर्न निकै निर्णायक हुनेछ । पाकिस्तानविरुद्ध विजयी भए इंग्ल्याण्डको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ । यी दुईबीच ट्वेन्टीट्वेन्टी ढाँचाको क्रिकेटमा इंग्ल्याण्डको पल्ला भारी छ ।

यो फरम्याटमा अहिलेसम्म भएका कुल ३१ खेलमध्ये इंग्ल्याण्डले २१ र पाकिस्तानले ९ खेल जितेको छ । १ खेल नतिजाविहीन भएको थियो ।