काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन् ।
संघीय निर्वाचन परिचालन समिति सदस्य समेत रहेका दोलखाका चौलागाईंले रास्वपाभित्र अपारदर्शिता रहेको उल्लेख गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
चौलागाईंले रास्वपा विरोधकै राजनीतिमा सीमित रहने, व्यवहारमा भन्दा भाषणमा बढी केन्द्रित शैली आफूलाई चित्त नबुझेकाले पार्टी त्यागेको उल्लेख गरेका छन् ।








प्रतिक्रिया